शेयर बजार १६.४९ अङ्कले बढ्यो - Chaitanya News
  • 2026-05-02
  • 08:38:12
  • शनिबार,बैशाख १९, २०८३
  • शेयर बजार १६.४९ अङ्कले बढ्यो

    शेयर बजार १६.४९ अङ्कले बढ्यो

    काठमाडौं– आज बुधवार पनि शेयर बजार बढेको छ। शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ४९ अङ्कले बढेर एक हजार नौ सय ५९ दशमलव १२ विन्दुमा पुगेको छ।

    आज फाइनान्स, जलविद्युत् र म्युचल फन्डबाहेकका समूहको शेयर बढेकोमा होटल तथा पर्यटन र उत्पादन समूहको शेयर उच्च अङ्कले बढेको छ।

    बजार बढेपनि आज कारोबार रकम भने घटेको छ। हिजो दुई अर्ब २० करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय ७० वटा कम्पनीको ४८ लाख ६५ हजार कित्ता शेयर एक अर्ब ८७ करोड रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भयो।

    आज आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ। समग्रमा बजार बढे पनि अजोड इन्सुरेन्स लिमिटेडको शेयर साढे तीन प्रतिशतभन्दा धेरैले घटेको छ।