९ महिनामै भित्रियो १ अर्ब २३ करोडको बदाम - Chaitanya News
  • 2026-05-02
  • 07:26:12
  • शनिबार,बैशाख १९, २०८३
  • ९ महिनामै भित्रियो १ अर्ब २३ करोडको बदाम

    ९ महिनामै भित्रियो १ अर्ब २३ करोडको बदाम

    काठमाडौं- चालू आर्थिक वर्ष २०७९/८० को ९ महिनाको अवधिमा १ अर्ब २३ करोड रुपैयाँभन्दा धेरैको बदाम भित्रिएको छ। चालू वर्षको साउनदेखि चैत महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको बदाम आयात भएको हो।

    नेपालमा तीन समूहमा विभाजित बनेर बदामको आयात हुने गरेको भन्सार विभागले जनाएको छ। बदाम, बदामको बियाँ र टुक्रा बदाम गरी तीन समूहमा विभाजित बदाम भित्रिने गरेको विभागले जनाएको छ।

    र, नेपालमा बदाम आयात गर्दा आयातकर्ताले साढे ११ करोड रुपैयाँ बराबर राजश्व बुझाएका छन्। नेपालमा विशेषगरी भारत र मोजाम्बिकेबाट बदाम आयात हुने गरेका छन्। भारतबाट १ अर्ब २२ करोड रुपैयाँ बराबरको बदाम आयात भएको छ।

    यस्तै, मोजाम्बिकेबाट ४६ लाख ६२ हजार रुपैयाँको बदाम आयात हुँदा चीनबाट जम्मा २९ हजार रुपैयाँको बदाम आयात भएको तथ्यांक विभागमा रहेको छ। मोजाम्बिके अफ्रिकी मुलुक हो।