डोनाल्ड ट्रम्प यौन शोषणमा दोषी ठहर , ५० लाख अमेरिकी डलर जरिवाना - Chaitanya News
  • 2026-11-21
  • 02:25:30
  • शुक्रबार,मंसिर ०५, २०८३
  • डोनाल्ड ट्रम्प यौन शोषणमा दोषी ठहर , ५० लाख अमेरिकी डलर जरिवाना

    डोनाल्ड ट्रम्प यौन शोषणमा दोषी ठहर , ५० लाख अमेरिकी डलर जरिवाना

    एजेन्सी –  अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्प यौन शोषणको एउटा प्रकरणमा दोषी ठहर भएका छन् ।

    अमेरिकी संघीय अदालतले यौन शोषणको अभियोगमा उहाँलाई दोषी ठहर गर्दै ५० लाख अमेरिकी डलर जरिवाना तोकेको छ । ट्रम्पमाथि सन् १९९० मा एक महिला लेखिकामाथि यौन शोषण गरेको आरोप लागेको थियो ।

    ट्रम्पले भने आफूमाथि लागेको आरोप हास्यास्पद र नाटकीय ढंगबाट गरिएको एक प्रपन्चको रुपमा ब्याख्या गर्दै आफू निर्दोष रहेको बताउँदै आउनु भएको थियो ।

    केरौल नामका महिलाले गत वर्षको अक्टोबर महिनामा सामाजिक सञ्जालमा ९० को दशकमा आफूमाथि ट्रम्पले यौन शोषण गरेको खुलासा गरेपछि ट्रम्पमाथि छानबिन सुरू भएको हो ।

    ट्रम्प विरुद्ध ती लेखिका बाहेक अन्य दुई महिलाले पनि यौन शोषणको आरोप लगाएको थियो । उनीहरूले सन् १९७९ र २००५ मा आफूहरूमाथि यौन शोषण गरेको आरोप लगाएका थिए ।