रियलले जित्यो कोपा डेल रेको उपाधि - Chaitanya News
  • 2026-06-05
  • 22:38:19
  • शुक्रबार,जेठ २२, २०८३
  • रियलले जित्यो कोपा डेल रेको उपाधि

    रियलले जित्यो कोपा डेल रेको उपाधि

    काठमाडौं –  रोड्रिगोको दुई गोलको मद्दतले रियल म्याड्रिडले शनिबार ओसासुनालाई फाइनलमा २–१ ले पराजित गर्दै कोपा डेल रेको उपाधि जितेको छ । रियलले नौ वर्षको लामो प्रतीक्षापछि स्पेनी कप जितेको हो । समग्रमा उसले यो उपाधि जितेको २० पल्ट हो ।

    ओसासुनाले अहिलेसम्म क्लब इतिहासमै कुनै ठूलो उपाधि जितेको छैन र यसपल्ट पनि कार्लो एन्सेलोटीको टिम सामु उसको चुनौती बलियो रहन सकेन । रोड्रिगोले दोस्रो मिनेटमा गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए ।

    क्लब इतिहासमै दोस्रोपल्ट फाइनल खेलिरहेको ओसासुनाका लागि लुकास टोरोले बराबरी गोल फर्काए । तर खेलको ७० औं मिनेटमा रोड्रिगोले गरेको दोस्रो गोल निर्णायक रह्यो ।