बजेट अधिवेशन आइतबारबाट सुरु हुँदै - Chaitanya News
  • 2026-05-02
  • 06:30:38
  • शनिबार,बैशाख १९, २०८३
  • बजेट अधिवेशन आइतबारबाट सुरु हुँदै

    बजेट अधिवेशन आइतबारबाट सुरु हुँदै

    काठमाडौँ- संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक भोलि आइतबारदेखि सुरु हुँदैछ ।मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आह्वान गरेका हुन् ।

    प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिएका छन् ।

    आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा सोअघिका नीति तथा कार्यक्रमबारे दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ ।