काठमाडौं- सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न सूर्तीजन्य प्रदार्थको सेवन नगर्न आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै सूर्तीजन्य पदार्थको सेवनले रोगप्रतिरोधात्मक शक्तिलाई असर गरी संक्रमण हुने सम्भावना बढाउँने हुँदा सूर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको हो।
सूर्तीजन्य पदार्थ सेवन गर्दा ओठ, मुख औलाले छुनुपर्ने हुँदा कोरोना संक्रमण सजिलै सर्ने सम्भावना बढी हुने मन्त्रालयले जनाएको छ।
सूर्तीजन्य पदार्थ एक आपसमा साटासाट गरी सेवन गर्ने क्रममा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्न सम्भावना बढी रहने मन्त्रालयको भनाइ छ।
कोरोना भाइरसले फोक्सोलाई क्षति पुर्याउने हुँदा सूर्तीजन्य पदार्थ सेवन गर्नेको फोक्सोमा पहिले नै समस्या भइसकेकोले थप जटित निम्त्याउने सूचनामा उल्लेख गरेको छ।