महावीर पुन र सरकारबीच आज पनि वार्ता हुँदै - Chaitanya News
  • 2026-05-27
  • 01:27:47
  • मंगलबार,जेठ १२, २०८३
  • महावीर पुन र सरकारबीच आज पनि वार्ता हुँदै

    महावीर पुन र सरकारबीच आज पनि वार्ता हुँदै

    काठमाडौँ – सरकारका प्रतिनिधि र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच सोमबार पनि वार्ता हुँदैछ। आइतवार भएको वार्ता निष्कर्षमा नपुगेपछि आज पुनः वार्ता हुन लागेको हो । वार्तामा सहभागीहरुका अनुसार आइतबारको वार्ता मौखिक रुपमा सहमति नजिक पुगेको बताएका छन्।

    सोमबार लिखित रुपमा सहमति हुनसक्ने उनीहरुको भनाइ छ । पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै गत शुक्रबारबाट माइतीघर मण्डलामा अनिश्चितकालीन धर्ना दिंदै आएका छन्।

    पुनको धर्नालाई कांग्रेस,राप्रपा,नेकपा एस स्वतन्त्र व्यक्तिहरुले ऐक्यबद्धता जनाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बिहान चितवनमा पत्रकारहरुसँग कुरा गर्दै महावीर पुन सल्लाहमै धर्नामा बसेको बताएका छन्। पुन धर्ना बस्नुअघि नै उनको माग सम्बोधन गर्न सरकारले सहमति जनाइसकेको प्रचण्डको भनाई छ।