काठमाडौं- लोकसेवा आयोगमा दरखास्त दिएका लाखौं आवेदकको तथ्याङ्क (डाटा) चोरी भएसँगै पुन: परीक्षा दिनुपर्ने भएको छ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा समस्या देखिएपछि लोकसेवा आयोगका डाटा नै हराएपछि पुन: दरखास्त दिनुपर्ने भएको आयोगले जनाएको हो।
आयोगमा यस अघि नै आवेदन दिएका कात्तिक, मङ्सिर र पुसको डाटा हराएसँगै त्यस समयका विज्ञापनमा दरखास्त दिएका आवेदकले फेरि आवेदन दिनुपर्ने भएको हो।
केन्द्रको सर्भर फागुन २३ गतेदेखि पूर्णरूपमा अवरुद्ध भएसँगै जेठको पहिलो सातादेखि विभिन्न तहको परीक्षा सञ्चालन हुन नसकेको र ती पदमा पुनः आवेदन आह्वान गर्न लागेको हो।
आयोगका अनुसार,२०७९ मंसिर महिनामा प्रकाशित रा प तृतीय श्रेणी (अप्राविधिक),पौष महिनामा प्रकाशित राप अन (प्रथम श्रेणी) अप्राविधिक र माघ महिनामा प्रकाशित राप अन प्रथम श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवा पाँचौं तहको विज्ञापनमा पुन दरखास्त आह्वान गर्न लागिएको आयोगका प्रवक्ता तोयनारायण सुवेदीले जानकारी गराएका छन्।
![]()