प्रदेश र स्थानीय तहका कर्मचारी खटाइएका ठाउँमा एक वर्ष बस्नैपर्ने - Chaitanya News
  • 2026-11-21
  • 00:12:18
  • शुक्रबार,मंसिर ०५, २०८३
  • प्रदेश र स्थानीय तहका कर्मचारी खटाइएका ठाउँमा एक वर्ष बस्नैपर्ने

    प्रदेश र स्थानीय तहका कर्मचारी खटाइएका ठाउँमा एक वर्ष बस्नैपर्ने

    काठमाडौं-  संघीय सरकारबाट प्रदेश र स्थानीय तहमा खटाइएका कर्मचारीले कम्तीमा पनि एक वर्ष खटाइएकै स्थानमा रहेर काम गर्नुपर्ने भएको छ ।

    राष्ट्रिय विकास समस्या समाधान समितिले प्रदेश र स्थानीय तहमा जनशक्ती नभएको भन्दै एक वर्ष खटाइएकै स्थानमा बसेर अनिवार्य काम गर्नुपर्ने निर्णय गरेको हो ।

    समितिको ५० औं बैठकले पर्याप्त जनशक्ती प्रदेश र स्थानीय तहमा नहुँदा काम गर्न कठिनाइ भएकोले संघबाट खटिएका कर्मचारीलाई कम्तीमा एक वर्ष खटाइएकै स्थानमा रहनुपर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

    निर्णय अनुसार कर्मचारी व्यवस्थापनको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काम गर्नेछ ।