चैत महिनामा एक खर्ब ४३ अर्ब रुपैयाँको सामान आयात - Chaitanya News
  • 2026-05-02
  • 01:52:14
  • शुक्रबार,बैशाख १८, २०८३
  • चैत महिनामा एक खर्ब ४३ अर्ब रुपैयाँको सामान आयात

    चैत महिनामा एक खर्ब ४३ अर्ब रुपैयाँको सामान आयात

    काठमाडौं– चैत महिनामा एक खर्ब ४३ अर्ब रुपैयाँको सामान आयात भएको छ।

    भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि चैतमहिनासम्म औसत प्रतिमहिना एक खर्ब ३३ अर्ब रुपैयाँको सामान आयात हुने गरेकोमा चैतमा भने बढेको हो।

    भन्सार तथ्यांक अनुसार साउनदेखि चैतसम्म १२ खर्ब एक अर्ब ५० करोड रुपैयाँको वस्तु आयात भएको छ। चैतमा आयात बढेपनि समग्रमा भने गत वर्षको तुलनामा १८ प्रतिशतले आयात घटेको छ।

    गत वर्ष चैतसम्म १४ खर्ब ६६ अर्ब रुपैयाँको आयात भएको थियो।

    निर्यात २६‍।३४ प्रतिशतले घटेको छ। नौ महिनाको अवधिमा एक खर्ब १८ अर्ब २७ करोड रुपैयाँको निर्यात भएको छ।

    समग्र अन्तर्राष्ट्रिय व्यापार पनि १८ प्रतिशतले कमी आई १३ खर्ब ९७ अर्ब रुपैयाँ रहेको छ।

    व्यापार घाटा १० खर्ब ८३ अर्ब रुपैयाँको छ।

    आयातीत वस्तुको कारण चैत महिनासम्म २ खर्ब ७६ अर्ब रुपैयाँको भन्सार महसुल उठेको छ।