युवराज सफललाई कारबाही गर्न पूर्वमन्त्री बडूको माग - Chaitanya News
  • 2026-07-04
  • 06:35:32
  • शनिबार,आषाढ २०, २०८३
  • युवराज सफललाई कारबाही गर्न पूर्वमन्त्री बडूको माग

    युवराज सफललाई कारबाही गर्न पूर्वमन्त्री बडूको माग

    काठमाडौं– नेपाली कांग्रेस सांसद दिलेन्द्र बडूले युवराज सफललाई कारबाही गर्न माग गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै तथ्यहीन आरोप लगाएकाले कारबाहीको माग गरेका हुन्।

    दोहोरा नागरिकतको विषयमा आफ्नो नामसमेत जोडेर सञ्चारमाध्यममा आएकोप्रति पनि ध्यानाकर्षण गराए।

    उनले भने, ‘मेरो सन्दर्भमा यस्तो गम्भीर आरोप लगाएर झूटा र आधारहीन समाचारप्रति गहिरो दुःख व्यक्त गर्दछु। ममाथि लगाइएको आरोप पुष्टि गर्न ठाडो चुनौती दिन्छु।

    मन्त्रीको जिम्मेवारी सम्हालिसकेको आफू जस्तो व्यक्तिमाथि लगाइएको यस्तो आरोपले जिम्मेवार नागरिकको प्रतिष्ठामा गम्भीर चोट पुगेको उनको भनाइ छ।

    पौडेलले पूर्वमन्त्री बडूसहित केही व्यक्तिहरुको दोहोरो नागरिकता रहेको भन्दै छानबिन गर्न गृह मन्त्रालयमा उजुरी दिएका थिए।