कानुन मन्त्रालयको थप जिम्मेवारी पाए रक्षामन्त्री खड्काले - Chaitanya News
  • 2026-07-04
  • 04:56:52
  • शुक्रबार,आषाढ १९, २०८३
  • कानुन मन्त्रालयको थप जिम्मेवारी पाए रक्षामन्त्री खड्काले

    कानुन मन्त्रालयको थप जिम्मेवारी पाए रक्षामन्त्री खड्काले

    काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई तोकेका छन्।
    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा खड्कालाई कानुन मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्ने गरी तोकेका हुन्।

    राष्ट्रपति कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै खड्कालाई उक्त जिम्मेवारी तोकिएको जनाएको छ।

    यसअघि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्दै आएका थिए।