प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसंघीय उपमहासचिव अलिसजहवनाबीच भेटवार्ता  - Chaitanya News
  • 2026-11-10
  • 07:21:47
  • मंगलबार,कार्तिक २५, २०८३
  • प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसंघीय उपमहासचिव अलिसजहवनाबीच भेटवार्ता 

    प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसंघीय उपमहासचिव अलिसजहवनाबीच भेटवार्ता 

    काठमाडौँ— नेपाल भ्रमणमा रहेकी संयुक्त राष्ट्र संघकी उपमहासचिव अर्मिदा सल्सिह अलिसजहवनाले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गरेकी छन्। उनी यूएन एसिया र प्रशान्तका लागि आर्थिक र सामाजिक आयोगकी कार्यकारी सचिव पनि हुन्।
    भेटवार्ताको अवसरमा नेपाल र आयोगबीचको सम्बन्ध तथा नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकहरुबाट विकासोन्मुख देश बन्ने बारेमा पनि छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
    संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूले सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका थिए।