पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्‍यु - Chaitanya News
  • 2026-07-16
  • 09:04:27
  • बिहिबार,आषाढ ३२, २०८३
  • पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्‍यु

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्‍यु

    काठमाडौं– कोरोना संक्रमणबाट एकै दिन थप २ जनाको मृत्यु भएको छ।

    मंगलबार स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्‍यु भएको जनाएको छ।

    यस्तै मंगलबार १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। २ हजार २९१ नमुनामध्‍ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा संक्रमण देखिएको हो।

    यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ भने संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत छन्।