सिंहदरबारको फोहोर नउठाएको विरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ - Chaitanya News
  • 2026-07-04
  • 04:55:48
  • शुक्रबार,आषाढ १९, २०८३
  • सिंहदरबारको फोहोर नउठाएको विरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

    सिंहदरबारको फोहोर नउठाएको विरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

    काठमाडौँ – महानगरले फोहोर नउठाएको विषयमा नपरेको रिट निवेदन ‘हेर्न नभ्याइने’ भएको छ।

    अधिवक्ता पदमबहादुर श्रेष्ठले सिंहदरबारसहित राज्यका मुख्य निकायको फोहोर नउठाउने काठमाडौँ महानगरपालिकाको काम विरुद्ध अन्तरिम आदेशको माग गर्दै सोमबार रिट निवेदन दिएका थिए।

    बुधबार कायम मुकाय प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा पेशी परे पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ।

    आफ्नो कामलाई संघीय सरकारले असहयोग गरेको भन्दै काठमाडौँ महानगरका बालेन शाहले आठ दिनदेखि सिंहदरबार, राष्ट्रपति भवन शितल निवास र प्रधानमन्त्री निवास बालुवाटारको फोहोर उठाएका छैनन्।

    आफ्नो क्षेत्रभित्र फोहोर उठाउने दायित्व महानगरको भएकाले त्यसलकाई कार्यान्वनय गर्न माग गरेका छन्। श्रेष्ठले भने, ‘नेपालको संविधानको धारा ३०, ४, फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३, ४ वातावारण संरक्षण ऐन २०७६ को दफा १५ बमोजिम आफ्नो दायित्व पूरा गर्न माग गर्दै रिट दिएको हुँ।