एनओसी खुला गर्न दबाब दिँदै विद्यार्थीको प्रदर्शन ! - Chaitanya News
  • 2026-05-02
  • 04:53:07
  • शुक्रबार,बैशाख १८, २०८३
  • एनओसी खुला गर्न दबाब दिँदै विद्यार्थीको प्रदर्शन !

    एनओसी खुला गर्न दबाब दिँदै विद्यार्थीको प्रदर्शन !

    काठमाडौँ-  विदेश अध्ययनका लागि आवश्यक सरकारी अनुमति ‘नो अब्जेक्सन लेटर’ (एनओसी) खुला गर्न दबाब दिँदै विभिन्न इस्टिच्युटमा अध्ययनरत विद्यार्थीले प्रदर्शन गरेका छन् ।

    नयाँ बानेश्वरको होटल एभरेष्ट अगाडी विद्यार्थीले विभिन्न नारा लेखिएका प्लेकार्ड र ब्यानरसहित दबाबमूलक प्रर्दशन गरेका हुन् ।

    सरकारले १७ चैत देखि एनओसी दिन बन्द गरेको छ । एनओसी नपाएपछि अध्ययनका लागि विदेश जाने तयारी गरिरहेका विद्यार्थी विदेश जानबाट बञ्चित भएका छन् ।

    उनीहरुले कि विदेश जान देउ होइन भने दशमै रोजगारीको माग पनि गरेका छन् ।