कोरोनाविरुद्धको खोप लगाउनुपर्ने यी हुन् तीन महत्त्वपूर्ण कारण - Chaitanya News
  • 2026-05-02
  • 20:18:35
  • शनिबार,बैशाख १९, २०८३
  • कोरोनाविरुद्धको खोप लगाउनुपर्ने यी हुन् तीन महत्त्वपूर्ण कारण

    संक्रमणदर पुनः बढ्दै

    कोरोनाविरुद्धको खोप लगाउनुपर्ने यी हुन् तीन महत्त्वपूर्ण कारण

    काठमाडौं –  पछिल्लो समय कोरोना संक्रमणदर पुनः बढ्दै गएको छ । कोरोनाका कारण मृत्यु हुने मानिसको संख्या समेत थपिँदै छ ।

    कोरोनाबाट जोगिन जनस्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गर्दै आएको छ । कोरोनाविरुद्धको खोप लगाउन पनि मन्त्रालयले अनुरोध गर्दै आएको छ ।

    मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाउनुपर्ने तीन महत्त्वपूर्ण कारणबारे जानकारी गराएको छ । मन्त्रालयका अनुसार कोभिड–१९ बाट बिरामी हुने जोखिम कम गर्न, कोभिड–१९ लागेमा गम्भीर रूपमा बिरामी हुनबाट बच्न र परिवार, साथी र समुदायलाई सुरक्षित राख्न खोप लगाउनुपर्छ ।

    कोभिड–१९ विरुद्धको खोप नलगाएका सबैले नजिकैको स्वास्थ्य संस्थाबाट जानकारी लिई आवश्यकताअनुसार पहिलो, दोस्रो वा ‘बुस्टर’ मात्रा खोप लगाउन मन्त्रालयले अनुरोध गरेको छ ।