काठमाडौं– सिंहदरबारभित्रको फोहोर नउठाएपछि काठमाडौं महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतका रिट दायर भएको छ।
सोमबार अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरलाई फोहोर उठाउन आदेश दिन माग गर्दै रिट दायर गरेका हुन्।
फोहोरका कारण जनस्वास्थ्यमा नकारात्मक असर परेकाले महानगरले तत्काल फोहोर उठाउनुपर्ने माग गरिएको छ।
मेयर बालेन शाहको निर्देशनपछि चैत २५ गतेदेखि सिंहदरबारको फोहोर उठ्न सकेको छैन।