जनतामा देखिएका नैराश्यताको अन्त गर्छौ : नेता गुरुङ - Chaitanya News
  • 2026-07-04
  • 03:30:50
  • शुक्रबार,आषाढ १९, २०८३
  • जनतामा देखिएका नैराश्यताको अन्त गर्छौ : नेता गुरुङ

    जनतामा देखिएका नैराश्यताको अन्त गर्छौ : नेता गुरुङ

    भरतपुर– नेपाली कांग्रेसका नेताहरूले नेपाली जनतामा अहिले बढ्दैगएको नैराश्यता हटाउने बताएका छन। कांग्रेस चितवनले सोमवार चितवन क्षेत्र २ को विभिन्न स्थानमा भएका चुनावी सभामा नेताहरूले सो कुरा बताएका हुन।

    कालिका नगरपालिकाको क्लबचोक, भरतपुर महानगरपालिकाको लंकुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले जनतामा देखिएको नैरश्यता अन्त गर्ने बताए।

    “कांग्रेसले आफ्नो कार्यकालमा गरेको विकास निर्माणबारेमा जनतामा बुझाउन सकेन। त्यही कारण जनतामा केही गरेन भन्ने नैरश्यता छ” उनले भने। चितवनले राम्रो नेतृत्व नपाउँदा विकासका दृष्टिले पाछिपरेको पनि उनले स्विकर गरे।

    चितवन क्षेत्र २ मा निर्वाचन लड्न आएका स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई उहाँले नयाँ जोगीको संज्ञा दिए। “चुनावी अभियानमा नयाँ जोगीले धेरै खरानी घसे। जोगिलाई भिक्षा दिँदा ध्यान गरिएन भने कहिलेकाहीँ गलत हुनजान्छ” उनले भने। भिक्षा दिँदा नै गलत गर्दा रावणले सीता हरणगरेको धार्मिक प्रसङ्ग उहाँले सुनाए।

    कांग्रेसका महामन्त्री गगनकुमार थापाले पनि नेपाली नागरिकमा नैरश्यता छाएको बताए। त्यो नैराश्यताको अन्त कांग्रेसले गर्छ उनले भने । रवि लामिछानेलाई दलहरूले घेराबन्दी गरेको भन्ने कुरा गलत भएको उहाँले बताए। चितवन २ का मतदातालाई भावनामा नबहकिन पनि उनले आग्रह गरे।

    लोकतन्त्रको आत्मा भनेकै कानुनको शासन भएको चर्चा गर्दै महामन्त्री थापाले लोकतन्त्रमा न्याय नै सर्वमान्य हुने बताए। नेपालको कानुनले दोहोरो नागरिकता र राहदानी लिन नपाउने उनले बताए।

    भरतपुर महानगरकी प्रमुख रेणु दाहालले गठबन्धन लामो समय बचाउन पनि कांग्रेस उम्मेदवारलाई भोट दिनुपर्ने बताए। कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले मतदाताहरूले आफूलाई जिताएमा विकासमा केन्द्रित भएर लाग्ने प्रतिबद्धता जनाए।