पाँच महिनामा मान्छे चिन्नुभएको छ, हिजोको गल्ती नदोहोर्याउनुहोस् : महामन्त्री थापा - Chaitanya News
  • 2026-07-04
  • 03:30:02
  • शुक्रबार,आषाढ १९, २०८३
  • पाँच महिनामा मान्छे चिन्नुभएको छ, हिजोको गल्ती नदोहोर्याउनुहोस् : महामन्त्री थापा

    पाँच महिनामा मान्छे चिन्नुभएको छ, हिजोको गल्ती नदोहोर्याउनुहोस् : महामन्त्री थापा

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हिजोका सबै कुरा बिर्सिएर उपनिर्वाचनमा पार्टीलाई जिताउन नेपाली कांग्रेसका कार्यकर्तालाई आग्रह गरेका छन्। चितवनको कालिका नगरपालिकामा कांग्रेसको चुनावीसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टी चुनावमा होमिएको बेला तलमाथि गर्ने छुट कसैलाई नभएको बताए।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै उनले चितवनका जनताले गत पाँच महिनाको अवधिमा मान्छे चिनिसकेकाले हिजोको गल्ती नदोहोर्याउन आग्रह गरेका हुन्।

    ‘गएको ५ महिनालाई राम्रोसँग हेर्नुभएको छ। तपाईंले अब मान्छे चिन्नुभएको छ, उनले भने, तपाईंहरूले हिजो के गर्नुभयो, के कारणले गर्दा गर्नुभयो, किन गर्नुभयो भन्ने सबै कुरालाई बिर्सिएर म नेपाली कांग्रेसलाई जिताउन आग्रह गर्न चाहन्छु।

    पार्टीसँग र नेताहरूसँग तमाम असन्तुष्टि भए पनि अहिले त्यसलाई बिर्सेर अघि बढ्न उनले आग्रह गरे। उनले भने, यथोचित समयमा बसेर छलफल गरौंला, तर अहिले पार्टी चुनावमा होमिएको बेला तलमाथि गर्ने छुट छैन।’