चालक छतबाट खसेको घटनाबारे रवि लामिछाने भने नुनचुक नलाउनु, राजनीतिकरण नगर्नु - Chaitanya News
  • 2026-06-21
  • 13:11:13
  • आइतबार,आषाढ ०७, २०८३
  • चालक छतबाट खसेको घटनाबारे रवि लामिछाने भने नुनचुक नलाउनु, राजनीतिकरण नगर्नु

    चालक छतबाट खसेको घटनाबारे रवि लामिछाने भने नुनचुक नलाउनु, राजनीतिकरण नगर्नु

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना चालक घरको छतबाट खसी घाइते भएको विषयमा प्रारम्भिक प्रतिक्रिया दिएका छन्। चितवनस्थित उनको घरमा बिहान ४ बज्नु अघि लामिछानेका चालक दिलबहादुर थापा छतबाट खसेका थिए। अहिले उनी चितवन मेडकिल कलेजमा उपचाररत छन्।

    चालक थापाको अवस्था सुधारिएको उल्लेख गर्दै लामिछानेले यस्तोबेला नुनचुक नलगाउनसमेत आग्रह गरेका छन्। चुनावी प्रचारमा रहेका उनले यस विषयलाई स्तरहीन राजनीतिकरण नगर्नसमेत भनेका छन्। म नेताभन्दा पहिले मानिस हुँ। म पनि थाक्छु, गल्छु। मेरा आँखामा पनि आशु आउँछन्। बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला। स्तरहीन बनेर राजनीतिकरण नगर्नु होला, फेसबुकमा लामिछानेले भनेका छन्।

    लामिछानेले थापाको स्वास्थ्य सुधारका लागि प्रार्थना गर्नसमेत सबैसामू आग्रह गरेका छन्।