पाँच दलीय गठबन्धनले बारा २ वैशाख ७ मा चुनावी सभा गर्ने - Chaitanya News
  • 2026-06-21
  • 13:11:11
  • आइतबार,आषाढ ०७, २०८३
  • पाँच दलीय गठबन्धनले बारा २ वैशाख ७ मा चुनावी सभा गर्ने

    पाँच दलीय गठबन्धनले बारा २ वैशाख ७ मा चुनावी सभा गर्ने

    काठमाडौं– पाँच दलीय गठबन्धनले बारा २ को महागढीमाईस्थित बरियारपुरमा चुनावी महासभा गर्ने भएको छ। गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार रहेको उक्त क्षेत्रमा वैशाख ७ गते सभा गर्न लागेको हो।

    चुनावी महासभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर लगायतका गठबन्धनका दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

    पाँच दलीय गठबन्धनको आयोजनामा हुने सभा बिहानको ११ बजे सुरु हुनेछ।