काठमाडौं– राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले संघ सरकारले प्रदेश र स्थानीय तहलाई अधिकार नै दिन नमानेको बताएका छन्। सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद् भट्टराईले स्थानीय तह र प्रदेश भनेका संघका प्रशासनिक इकाइ हुन् भन्ने सोच हावी रहेको बताएका हुन्।
भट्टराईले भने,‘स्थानीय तह र प्रदेशले सरकारको अनुभूति गर्न पाएनन्। केन्द्रीय तहमा केन्द्रिकृत मानसिकता छ। अधिकांश वडामा वडासचिव छैनन्। अधिकांश स्थानीय तह निमित्तको भरमा चलेको छ। पाँच वर्ष भइसक्यो अहिलेसम्म प्रदेशको एकल अधिकारका रुपमा रहेको प्रहरी समायोजन हुन सकेको छैन।’
सरकारको नियतमै खोट देखिएको बताए । संघ,प्रदेश र स्थानीय तहबीच अहिले पनि वित्तिय हस्तान्तरण,प्राकृतिक स्रोतको बाँडफाँटमा पनि समस्या देखिएको उनको भनाइ छ।