अध्यक्ष ओली भाइरल ज्वरोका कारण अस्वस्थ - Chaitanya News
  • 2026-05-02
  • 20:17:44
  • शनिबार,बैशाख १९, २०८३
  • अध्यक्ष ओली भाइरल ज्वरोका कारण अस्वस्थ

    अध्यक्ष ओली भाइरल ज्वरोका कारण अस्वस्थ

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भाइरल ज्वरोका कारण अस्वस्थ भएका छन।

    अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुमा स्टाटस लेख्दै आफूलाई भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएको र एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको उल्लेख गरेका छन। उनले अस्वस्थताका कारण बारा–२, चितवन–२ र तनहुँ–१ मा हुने उपचुनावको प्रचारप्रसारमा सहभागी हुन नसकेको भन्दै स्वास्थ्य अवस्था ठिक भएपछि मतदाताहरूलाई भेट्न जाने उल्लेख गरेका छन।