रवि लामिछानेले देशलाई ढाँटेको सचिव भट्टराईको आरोप - Chaitanya News
  • 2026-07-04
  • 03:31:11
  • शुक्रबार,आषाढ १९, २०८३
  • रवि लामिछानेले देशलाई ढाँटेको सचिव भट्टराईको आरोप

    रवि लामिछानेले देशलाई ढाँटेको सचिव भट्टराईको आरोप

    काठमाडौँ– नेकपा एमालेका सचिव योगेश कुमार भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशलाई ढाँटेको आरोप लगाएका छन्।

    आइतबार भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रक्रिया पूरा नगरी निर्वाचनमा प्रतिष्पर्धा गर्नु भनेको देश, जनता, कानुन, संविधानलाई ढाँट्नु भएको बताए। उनले एमालेलाई ७० वर्षसम्म पनि नआएका प्रश्नहरूको सभापति लामिछानेले ७ महिना नपुग्दै यति धेरै जवाफ दिनुपर्ने स्थितिको सिर्जना भएको बताए।

    उनले सभापति लामिछानेले दिएका भ्रष्टाचार, सुशासनका नारा जनतालाई भ्रम पार्नका लागि मात्रै भएको बताए। उनले रास्वपा सभापति लामिछाने अग्र्यानिक क्याण्डिडेट नभएको बताए। उनले सभापति लामिछानेले सार्वजनिक खरिद ऐनको विपरीत ठेक्कापट्टामा निर्णय गरेको भन्दै विरोध गरे।