बैशाख ६ र ७ गते भिटामिन ए तथा जुकाको औषधि खुवाइने - Chaitanya News
  • 2026-06-21
  • 11:42:31
  • आइतबार,आषाढ ०७, २०८३
  • बैशाख ६ र ७ गते भिटामिन ए तथा जुकाको औषधि खुवाइने

    बैशाख ६ र ७ गते भिटामिन ए तथा जुकाको औषधि खुवाइने

    काठमाडौं- सरकारले बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन कार्यक्रम सञ्चालन गर्ने भएको छ।

    ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    आफ्‍ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयको आग्रह छ।

    सरकारले हरेक वर्ष बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै आएको छ।

    कोरोन संक्रमण बढ्दै गएको भन्दै मन्त्रालयले भौतिक दुरी काम गरी , अनिवार्य मास्क प्रयोग गर्न अनुरोध गरेको छ।