काठमाडौं– भौतिक पूर्वाधार राज्यमन्त्री नेकपा एकीकृत समाजवादीकी नेतृ नन्दा चपाईंबनेकी छन्।
उनलाई आइतबार राष्ट्रपति कार्यालयमा आयोजित शपथ समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएकी हुन्।
एकीकृत समाजवादीको तर्फबाट राष्ट्रियसभा सदस्य रहेकी उनले पार्टीकै नेता प्रकाश ज्वालाले नेतृत्व गरेको मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी पाएकी हुन्।
प्रधानमन्त्री प्रचण्डले कांग्रेसका एनपी साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्दा चपाईलाई भौतिक पूर्वाधार राज्यमन्त्री नियुक्त गरेका हुन्।