निर्देशक पौडेलसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर - Chaitanya News
  • 2026-06-21
  • 11:27:13
  • आइतबार,आषाढ ०७, २०८३
  • निर्देशक पौडेलसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    निर्देशक पौडेलसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा अनिमितता गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल लगायत नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    उनीहरुविरुद्ध करिब पौने ३ अर्ब बराबरको बिगो कायम गरी मुद्दा तयार गरेको छ। नौ जनाको छु्ट्टाछुटै विगो कामय गरिएको छ। मुद्दा दायर गरिएका अन्यमा सिडिइी नविनकुमार पोखरेल (मेकानिकल), सहायक निर्देशक रमेश प्रसाद पोखरेल, शाखा अधिकृत मनिकमान महर्जन, पूर्व लेखा अधिकृक रामबहादुर बुढा,शाखा अधिकृत शिरिष उपाध्याय, इन्जिनियरिङ्ग मार्केटिंग कन्सर्न प्रा.लिका प्रबन्ध निर्देशक रोहित मान प्रधान,मेपटेक विल्डिंग सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जन र परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्र लाल गुरौ छन्।