काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन्। बुधबार सम्पन्न महासंघको निर्वाचनबाट उनले ३७.९९, उमेशलाल श्रेष्ठले ३१.५५ र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत ल्याएका थिए।
पहिलो र दोस्रो हुनेबीच सहमति गरेर अन्जन वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन्। उमेशलाई महासंघको विशिष्ट सदस्यका रूपमा राख्न अन्जन सहमत देखिएपछि उनीहरूबीच सहमति भएको बताइएको छ।
बुधबार भएको निर्वाचनमा तीन उपाध्यक्षसहित सात प्रदेश सदस्य, १८ र जिल्लानगर सदस्य, १४ वस्तुगत सदस्य, १९ एसोसिएट सदस्यका साथै एक द्वीराष्ट्रिय सदस्य निर्वाचित भइसकेका छन्।
जिल्लानगर र एसोसिएट उपाध्यक्षमा संघई समूहका सुरकृष्ण वैद्य र ज्योत्सना श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ समूहका हेमराज ढकाल विजयी भएका छन्।