'संघीय निजामती सेवा ऐन आजको आवश्यकता' - Chaitanya News
  • 2026-05-22
  • 18:30:10
  • शुक्रबार,जेठ ०८, २०८३
  • ‘संघीय निजामती सेवा ऐन आजको आवश्यकता’

    ‘संघीय निजामती सेवा ऐन आजको आवश्यकता’

    काठमाडौं- नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले तीनै तहको सरकारका कामलाई प्रभावकारी बनाउने गरी सङ्घीय निजामती सेवा ऐन जारी गर्नुपर्ने बताएका छन्।

    नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्यसमितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले प्रस्तावित ऐनमा सबै कर्मचारीको मनोभावनालाई कदर हुनुपर्ने कुरामा जोड दिए।

    पौडेलले जनचाहना अनुरुप सार्वजनिक प्रशासन सञ्चालन गर्दै सुशासनका माध्यमबाट शान्ति, विकास र समृद्धि हासिल गर्न राष्ट्रसेवक कर्मचारीहरुको अहम भुमिका रहेको बताउँदै सबै तह र पदका कर्मचारीको वृत्ति विकास हुने गरी निजामती सेवा ऐन निर्माण गर्न नेपाली कांग्रेसले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सो अवसरमा कर्मचारी युनियनका अध्यक्ष गोपाल प्रसाद पोखरेलले कर्मचारी युनियनले उठाएका माग समावेश गरेर सङ्घीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै आफ्ना माग सम्बोधन नभएमा आन्दोलन गर्ने चेतावनी दिए।

    नववर्ष २०८० को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा २५ लाख अक्षय कोष रहेको निजामती कर्मचारी युनियन कर्मचारी कल्याण कोषको घोषणा गरिएको कर्मचारी युनियनका केन्द्रीय सचिव प्रकाश भट्टराईले जानकारी दिए।