नागरिकले सरकारबाट आशा र विश्वास गुमाइसके : महामन्त्री थापा - Chaitanya News
  • 2026-07-04
  • 01:54:22
  • शुक्रबार,आषाढ १९, २०८३
  • नागरिकले सरकारबाट आशा र विश्वास गुमाइसके : महामन्त्री थापा

    नागरिकले सरकारबाट आशा र विश्वास गुमाइसके :  महामन्त्री थापा

    काठमाडौं, चैत ३० । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकहरु आफूले देखेको सपनाको मलामी जानुपर्ने अवस्था सिर्जना भएको बताएका छन्।

    बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    उनले अहिले नागरिकमा ठूलो छटपटाहट, दिग्दारी र आक्रोश देखिएको बताए। उनले मानिसहरुको मनमा सिर्जना भएको चञ्चलताको समाधान बेलैमा हुन नसके देशले झनै समस्या भोग्ने बताए।

    महामन्त्री थापाले सपना बोकेर हुर्किरहेको कोही पनि नागरिकले आफ्नो सपनालाई मारेर हिँड्नुपर्ने अवस्था आएकोप्रति सरकार, राजनीतिक दलहरु गम्भीर बन्नुपर्ने बताए।

    नागरिकहरुमा अहिले अस्थिरता आउनु भनेको आफ्नै सपनाको मलामी जानुपर्ने अवस्था सिर्जना हुनु रहेको जिकिर गरे। महामन्त्री थापाले नागरिकले सरकारबाट आशा र विश्वास गुमाइसकेको बताए।

    उनले कोही पनि मानिसलाई आफ्नो सपनाको मलामी जान मन नलाग्ने भन्दै सपनाको मलामी जानुपर्दा मान्छे दिग्दार, आक्रोशित र वाक्क हुने बताए।

    महामन्त्री थापाले वैशाख मसान्तसम्म पार्टी भ्रातृ संगठनहरुको विभाग बनाउने र पूर्णता दिने काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन्।