तनहुँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कञ्चनपुरको निर्मला हत्या काण्डको पुनः गम्भीरतापूर्वक छानबिनको काम भइरहेको बताएका छन।
आइतबार तनहुँको सदरमुकाम दमौलीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उपप्रधानमन्त्री श्रेष्ठले बताएका हुन। अपराधीलाई कानुनको दायमा ल्याएर अमन चैन गर्नु सरकारको दायित्व भएकाले छानबिन भइरहेको बताए। ‘‘जसले छुट दिन्छ त्यो पनि कारबाहीमा पर्छ, गम्भीरतापूर्वक छानबिन गर्छौं’’ श्रेष्ठले भने।
जुन घटना थाँती छन् त्यसलाई निकर्षमा पु¥याउ गम्भीर रुपमा छानबिन गरिने मन्त्री श्रेष्ठले बताए। समृद्धिको हासिल गर्ने उद्देश्यले पूरा गर्न अर्थतन्त्रलाई लयमा ल्याउने काम सरकारले गरिरहेको उपप्रधानमन्त्री श्रेष्ठले भने। ‘‘कायापलट गछौं जादुको छडी झै भन्दैनौं तर तत्कालीन समस्यालाई पहिचान गरी समाधान गरी अथतन्त्र लयमा ल्याउँछौं’’ श्रेष्ठले भने।
सरकारको कार्यभार आर्थिक समृद्धि रहेको र त्यसतर्फ सरकार गम्भीर रहेको उनको भनाइ छ। “अर्थतन्त्र उकास्नका लागि सरकार कार्ययोजनासहित अगाडि बढ्छ”, उपप्रधानमन्त्री श्रेष्ठले भने।
अर्थतन्त्रमा केही समस्या देखापरेको उल्लेख गर्दै उनले यसलाई लयमा ल्याइने बताए। अर्थतन्त्रमा देखिएको समस्या सम्बोधनका लागि गम्भीररुपमा छलफल भइरहेको उनको भनाइ छ।
गठबन्धन सरकार भएकाले सरकार विस्तारलगायतका काममा ढिलाइ भएकाले समस्या परेको उनले बताए। देशमा आर्थिक समृद्धिका लागि प्रधानमन्त्रीको विशेष पहलकदमीमा यही चैत २९ गते बृहत् छलफल गरिने श्रेष्ठले बताए।