विदेशबाट ल्याइने शवमाथि ठगी गरेको आरोपर्मो थप दुई सरकारी कर्मचारी पक्राउ - Chaitanya News
  • 2026-11-10
  • 03:50:14
  • सोमबार,कार्तिक २४, २०८३
  • विदेशबाट ल्याइने शवमाथि ठगी गरेको आरोपर्मो थप दुई सरकारी कर्मचारी पक्राउ

    विदेशबाट ल्याइने शवमाथि ठगी गरेको आरोपर्मो थप दुई सरकारी कर्मचारी पक्राउ

    काठमाडौं– वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएकाको बीमा वापतको रकममा ठगी गरेको आरोपमा थप दुईजना सरकारी कर्मचारी पक्राउ परेका छन्।

    पक्राउपर्नेमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ घर भई वैदेशिक रोजगार बोर्डमा नासु पदमा कार्यरत कम्युटर अपरेटर ३६ वर्षीय पशुपति अधिकारी र भक्तपुरको चागुँनारायण नगरपालिका–४ बुढाथोकी गाउँ बस्ने सूर्यज्योति जीवन बीमा कम्पनीका जुनियर अधिकृत ३० वर्षीय उमेश बुढाथोकी रहेका छन्।

    उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयले पक्राउ गरेको हो। यसअघि २३ चैतमा यही प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेको थियो।

    वैदेशिक रोजगारीमा गएकाले पाउने बीमावापतको रकममा उनीहरूले पीडितको परिवारलाई थोरै रकम दिएर बाँकी रकम आफूहरूले लिएर ठगी गर्ने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी डा। मनोज केसीले जानकारी दिए।