महेन्द्रनगर– महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालका डेढ सय विद्यार्थी दीक्षित भएका छन्। आइतबार विश्वविद्यालयले आयोजना गरेको तेस्रो दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थीलाई दीक्षित गरेका हुन्।
इन्जिनियरिङ संकायका २५ जना,सीएसआईटीका १६ जना,बीएससी का १४ जना,बीएडका १७ जना, एमएडका १५ जना,बीएका ४ जना,एमएका १४ जना,बीबीए,१७ जना,बीबीएस ३७ जना र एमबीएमका २० जना गरी कूल १७९ जना विद्यार्थी दीक्षित भएका हुन्।
विश्वविद्यालयबाट पासआउट भएका आठ सय ५५ जना विद्यार्थीमध्ये एक सय ७९ जना मात्रै दीक्षान्त समारोहमा सहभागी भए। त्यसैगरी विश्वविद्यालयको केन्द्रीय क्याम्पसका विद्यार्थी व्यवस्थापन संकायबाट स्नाकोत्तर मुकेश राज जोशीले चान्सलर पदक प्राप्त गरेका छन्।
इन्जिनियरिङ संकायमा स्नातक डिल्लीराज शर्माले भाइस चान्सलर पदक प्राप्त गरेका छन्। केन्द्रीय क्याम्पसका हेमा जोशी,बलदेव भट्ट,मुकेश राज जोशी,केशव दत्त जोशी,महेश्वरी बडु,मुकुन्द सिंह क्षेत्री,शिव शंकर पाण्डेय र डिल्लाराज शर्माले स्वर्ण पदक प्राप्त गरेका छन्।