बल क्लियर गर्ने क्रममा मैदानमै ढले मछिन्द्रका खेलाडी छिरिङ - Chaitanya News
  • 2026-05-02
  • 17:55:15
  • शनिबार,बैशाख १९, २०८३
  • बल क्लियर गर्ने क्रममा मैदानमै ढले मछिन्द्रका खेलाडी छिरिङ

    बल क्लियर गर्ने क्रममा मैदानमै ढले मछिन्द्रका खेलाडी छिरिङ

    काठमाडौं– मछिन्द्र क्लबका छिरिङ गुरुङ घाइते भएका छन्। इन्जुरी टाइममा बल क्लियर गर्ने क्रममा अनियन्त्रित भएका उनी आफ्नै टिममेटसँग ठोक्किएका थिए।

    त्यसपछि मैदानमै डेढ मिनेटजति उनी बेहोस भएका मछिन्द्रका फिजियो सुरज भुषालले जानकारी दिए।

    मैदानमै प्राथमिक उपचारपछि उनलाई एम्बुलेन्समा राखेर ब्लुक्रश अस्पतालमा लगिएको छ।

    अहिले उनको होस आइसकेको र स्वास्थ्य अवस्था चिन्ताजनक नरहेको भुषालले बताए।

    भुषालका अनुसार छिरिङको नाकको एक्सरे र टाउकोको सिटी स्क्यान गर्ने तयारी भइरहेको छ।

    गत सिजनमा मछिन्द्रकै मनिष डाँगी कन्कसन इन्जुरीका कारण मैदानमै बेहोस भएका थिए। विपक्षीसँग टाउको ठोक्किएपछि उनी ३ साता मैदान बाहिर रहेका थिए।