अछाम– बसको ठक्करबाट घाइते भएका साँफेबगरका एक युवकको उपचारको क्रममा ज्यान गएपछि आफन्तहरू आन्दोलित भएका छन्। साँफेबगर नगरपालिका–३ सिद्देश्वरका २६ वर्षीय हेमराज कुँवरको उपचारका क्रममा मृत्यु भएपछि आफन्तहरू आन्दोलित भएका हुन्।
मृतकका आफन्तहरूले दुई दिनदेखि बजार र यातायात ठप्प पारेका छन्।
साँफेबगरमा र जयगढमा बस काउन्टरमा तोडफोड समेत गरेका छन्। डाक्टर र बस व्यवसायी समितिको मिलेमतोमा ज्यान गएको मृतकका आफन्तको आरोप छ। ठक्कर दिने सुप्रप ०१–००१ ख ३१५४ नम्बरका गाडी चालकलाई कारबाही र मृतकको श्रीमती र दुई छोरीको लालन पालनको जिम्मा लिनुपर्ने मृतकका आफन्तले माग गरेका छन्।
चैत १९ गते साँफेबगर नगरपालिका ७ रिडिकोटको वडा कार्यालय नजिकै बसले ठक्कर दिएको थियो। कुँवरको उपचारका क्रममा काठमाडौंमा चैत्र २४ गते मृत्यु भएको थियो।