‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै - Chaitanya News
  • 2026-05-22
  • 18:30:10
  • शुक्रबार,जेठ ०८, २०८३
  • ‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

    ‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

    काठमाडौं-  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आइतबार तीन खेलहरु हुँदैछन् ।

    लिगको सातौं चरण अन्तर्गत आइतबार दशरथ रंगशालामा दुई र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लब र मछिन्द्र फुटबल क्लबबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ ।

    संकटा तेस्रो जितको योजनामा रहँदा साविक विजेता मछिन्द्र भने दोस्रो जितको योजनामा रहेको छ ।

    संकटा ९ अंक जोडेर सातौं स्थानमा रहेको छ भने मछिन्द्र ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

    यसैगरी, एन्फा कम्प्लेक्समा दिउँसो २ बजे हुने खेलमा हिमालयन शेर्पा र न्युरोड टिम एनआरटी भिड्ने छन् ।

    हिमालयन दोस्रो जितको योजनामा रहँदा एनआरटी भने पहिलो जितको योजनामा रहेको छ ।

    हिमालयन ६ अंक जोडेर दशौं स्थानमा रहेको छ भने एनआरटी ३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

    दशरथ रंगशालामा हुने अर्काे खेलमा सातदोबाटो युथ क्लबले त्रिभुवन आर्मी क्लबसँग साँझ ५ः४५ बजे प्रतिस्पर्धा गर्नेछ ।

    सातदोबाटो पाँचौं जितको योजनामा रहँदा आर्मी भने तेस्रो जितको योजनामा छ ।

    सातदोबाटो १२ अंक जोडेर चौंथो स्थानमा रहेको छ भने आर्मी ८ अंक जोडेर आठौं स्थानमा छ ।