प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच भेट - Chaitanya News
  • 2026-05-22
  • 17:26:31
  • शुक्रबार,जेठ ०८, २०८३
  • प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच भेट

    प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच भेट

    काठमाडौं- सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन्।

    शनिबार सिंहदरबारस्थित सभामुखको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको हो।

    प्रतिनिधि सभाको बैठकलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गर्ने एजेन्डा रहेको सभामुखको सचिवालयले जनाएको छ।