आजबाट सिंहदरबारको फोहोर नउठाउने बालेनको घोषणा - Chaitanya News
  • 2026-05-22
  • 17:27:01
  • शुक्रबार,जेठ ०८, २०८३
  • आजबाट सिंहदरबारको फोहोर नउठाउने बालेनको घोषणा

    आजबाट सिंहदरबारको फोहोर नउठाउने  बालेनको घोषणा

    काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले शनिबारबाट सिंहदरबारको फोहोर नउठाउने बताउनु भएको छ ।

    शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्नु हुँदै मेयर बालेनले सिंहदरबारको फोहोर शनिबारदेखि नउठाउने बताउनुभएको हो ।

    उहाँले लेख्नुहुन्छ, ‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’