काठमाडौँ – पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गतको एसिया छनोटमा नेपालले आज (शनिबार) भियतनामसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ ।
नेपाल आज भियतनामलाई हराएर पहिलो जित निकाल्ने तयारीमा छ ।
यता, भियतनाम पनि नेपाललाई हराएर दोस्रो जितसहित दोस्रो चरणमा पुग्न चाहन्छ । दशरथ रङ्गशालामै भएको पहिलो खेलमा नेपाललाई भियतनामले ५–१ गोल अन्तरले हराएको थियो ।