वायु सेवा निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समिति गठन - Chaitanya News
  • 2026-05-22
  • 17:27:29
  • शुक्रबार,जेठ ०८, २०८३
  • वायु सेवा निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समिति गठन

    वायु सेवा निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समिति गठन

    काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायु सेवा निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समिति गठन गरेको छ।

    निगमको व्यावसायिक दक्षता अभिवृद्धि बजार एवं बजार विस्तारको जरूरी रहेकाले समिति गठन गरिएको मन्त्रालयले जनाएको छ।

    पूर्वगभर्नर दीपेन्द्र बहादुर क्षेत्रीको अध्यक्षतामा गठित समितिमा क्याप्टेन ओम गुरूङ, टिकाराम राई, पियुस आनन्द र सहारा न्यौपाने छन्।

    समितिलाई निगमको आर्थिक, वित्तीय, भौतिक तथा मानव स्रोत साधनसम्बन्धी विषयमा विगत ५ वर्षको अवस्था अध्ययन गर्ने, निगमको सम्पत्ति ऋण तथा दायित्वको अवस्था यकिन गर्ने लगायतका ७ वटा कार्यक्षेत्र दिइएको छ। समितिलाई दुई महिनाको समय छ।