Chaitanyakhabar
काठमडौं– राष्ट्रपति रामचन्द्र पौडेलले निजी चिकित्सक नियुक्त गरेका छन् ।
त्रिभुवन विश्वविद्यायल शिक्षण अस्पतालमा कार्यरत उपप्राध्याक डा. बमलाई पौडेलको निजी चिकित्सकमा नियुक्त गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
सरुवा रोक्ने वा रमाना नदिने कार्यालय प्रमुखमाथि तलब भत्ता असुलदेखि कारबाहीसम्म
उपसचिव र शाखा अधिकृतहरूको सरुवा, (सूचीसहित)
‘जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्व समुदायलाई आह्वान गरिने’ स् प्रधानमन्त्री शाह
चार न्यायाधीशलाई काजमा खटाउन सिफारिस
काठमाडौँ– सरुवा भएका निजामती कर्मचारीलाई समयमै रमाना नदिई साबिककै कार्यालयमा राख्ने प्रवृत्तिमाथि सरकारले कडाइ गर्ने भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका कर्मचारीलाई तोकिएको म्यादभित्र अनिवार्य रूपमा रमाना दिई नयाँ कार्यालयमा हाजिर गराउन निर्देशन दिएको छ। मन्त्रालयले भदौ ३० गते सचिवस्तरीय निर्णय गर्दै सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशका…
काठमाडौँ– ५२ जना कर्मचारीहरूको सरुवा भएको छ। भूमि व्यवस्था,सहकारी,संघीय मामिता तथा सामान्य प्रशासन मन्त्रालयले हिजो (सोमबार) उपसचिव र शाखा अधिकृतहरूको सरुवा गरेको हो। उपसचिव उमेशकुमार यादवलाई औरही गाउँपालिका,धनुषा सरुवा गरिएको छ। मदन बहादुर थिङलाई पर्सा गाउँपालिका,सर्लाही सरुवा गरिएको छ।
मुस्ताङ– प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताएका छन् । प्रधानमन्त्री शाहले मुस्ताङमा आयोजित ‘घरपझोङ जलवायु सम्मेलन’ का क्रममा पठाएको शुभकामना सन्देशमा जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विषय विश्व समुदायको साझा जिम्मेवारी रहेकाले समाधानका लागि विश्वको ध्यानाकर्षण गराउने…
काठमाडौँ– आज (मंगलबार) बसेको न्याय परिषद् र न्याय सेवा आयोगको बैठकले उच्च अदालतका लागि तीन जना न्यायाधीश सिफारिस गरेको छ। उच्च अदालतमा सिफारिस हुनेहरूमा सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल रहेका छन्। त्यस्तै कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेलाई उच्च अदालत जनकपुरमा सिफारिस गरिएको छ। फैसला कार्यान्वयन महानिर्देशनालयका गजेन्द्रबहादुर सिंहलाई उच्च अदालत विराटनगरमा सिफारिस गरिएको छ।…
काठमाडौँ– रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनै पूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका ६०७ विदेशी पर्यटक बेपत्ता भएको जानकारी दिए। बेपत्ता भएका विदेशी पर्यटकमध्ये २६९ पुरुष, ३२९ महिला र नौ लिङ्ग नखुलेका नागरिक छन्। बेपत्ता भएका विदेशी…
काठमाडौँ– दुई सहसचिव बढुवा सिफारिस भएका छन् । न्याय सेवा आयोगले सर्वोच्च अदालतका दुई सहसचिवलाई सचिव (रजिस्ट्रार) पदमा बढुवाका लागि सिफारिस गरेको छ। आज (मंगलबार) बसेको आयोगको बैठकले सर्वोच्च अदालतमा कार्यरत सहसचिवद्वय ठगिन्द्र कट्टेल र बाबुराम दाहाललाई सचिव (रजिस्ट्रार) पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।