सिंहदरबारस्थित गृह मन्त्रालयमा सरकारी सुरक्षा अधिकारीहरुको केन्द्रीय बैठक शुरु - Chaitanya News
  • 2026-07-04
  • 00:22:30
  • शुक्रबार,आषाढ १९, २०८३
  • सिंहदरबारस्थित गृह मन्त्रालयमा सरकारी सुरक्षा अधिकारीहरुको केन्द्रीय बैठक शुरु

    सिंहदरबारस्थित गृह मन्त्रालयमा सरकारी सुरक्षा अधिकारीहरुको केन्द्रीय बैठक शुरु

    काठमाडौं– सिंहदरबारस्थित गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बैठक भर्खरै शुरु भएको हो।

    गृहसचिव विनोदप्रकाश सिंह,तीन तारे जर्नेल सरोजप्रताप राणा,प्रहरी महानिरीक्षक बसन्त कुँवर,सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल,राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा र मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतलगायत बैठकमा सहभागी छन्।