काठमाडौं– नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले ड्राफ्ट गरिरहेको दूरसञ्चार ऐनका कारण नेपाललाई ५० औं अर्ब रुपैयाँ नोक्सान हुने दाबी गरेका छन्।
शुक्रबार काठमाडौंमा नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले एनसेएल २५ वर्षपछि सरकारको स्वामित्वमा आउनुपर्ने भए पनि भित्रभित्रै विभिन्न चलखेल गरी सरकारको स्वामित्वमा नआउने काम भइरहेको बताए।
उनले देशको अर्थतन्त्र धरासायी रहे पनि नेपाललाई श्रीलंका र पाकिस्तान बन्न नदिने प्रतिवद्धता जनाए। उनले नेपालसँग अहिले १० महिनासम्मका लागि पुग्ने विदेशी मुद्रा सञ्चिति रहेको बताए। उनले पछिल्लो समय राजस्व उठ्न नसक्दा कर्मचारीहरुलाई ऋण खोजेर तलव खुवाउने काम भइरहेको बताए।