सिंहदरबारबाट पक्राउ परे मिटरब्याज पीडित - Chaitanya News
  • 2026-11-09
  • 16:47:16
  • सोमबार,कार्तिक २४, २०८३
  • सिंहदरबारबाट पक्राउ परे मिटरब्याज पीडित

    सिंहदरबारबाट पक्राउ परे मिटरब्याज पीडित

    काठमाडौं– मिटरब्याज पीडित सिंहदरबार बाहिरबाट पक्राउ परेका छन।

    शुक्रबार सिंहदरबार बाहिर प्रदर्शनको तयारी गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने लगायतका माग राखेर प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडित पक्राउ परेका हुन्।

    सरकारले मिटरब्याज पीडितको एक समूहसँग गत शनिबार ५ बुँदे सहमति गरे पनि उक्त सहमतिले मात्र आफूहरुको समस्या समाधान नहुने भन्दै मिटरब्याज पीडितको अर्को समूह काठमाडौं केन्द्रित आन्दोलनमा छ।