देशका केही स्थानमा वर्षाको सम्भावना - Chaitanya News
  • 2026-05-22
  • 16:32:54
  • शुक्रबार,जेठ ०८, २०८३
  • देशका केही स्थानमा वर्षाको सम्भावना

    देशका केही स्थानमा वर्षाको सम्भावना

    काठमाडौं- देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

    आज दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    विभागका अनुसार आज राति कोसी प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

    हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।