काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले न्यूनतम साझा कार्यक्रम सरकारमा रहेका दलहरूले आफ्नो राजनीतिक विचारअनुसार निर्माण गरेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग पाण्डेले दलहरूले आफ्नो राजनीतिक विचारअनुसार निर्वाचनमा जनतासँग गरेका वाचाहरूलाई समेटेर न्यूनतम साझा कार्यक्रम बनाइएको बताए।
अहिलेको नीति तथा कार्यक्रम पाँच वर्ष नै कायम रहने पाण्डको भनाइ छ।
‘न्युनतम साझा कार्यक्रम सरकारमा रहेका दलहरूले आफ्नो राजनीतिक विचारअनुसार निर्वाचनमा जनतासँग गरेका वाचाहरूलाई समेटेर बनाउने दस्ताबेज हो,ु उनले भने, ुयो नीति तथा कार्यक्रम पाँचै वर्ष कायम रहन्छ।’