स्थानीयस्तरका रैथाने संस्कृति र खानेकुराको प्रचार गर्नु आजको आवश्यकता : मन्त्री किराँती - Chaitanya News
  • 2026-07-03
  • 23:16:00
  • शुक्रबार,आषाढ १९, २०८३
  • स्थानीयस्तरका रैथाने संस्कृति र खानेकुराको प्रचार गर्नु आजको आवश्यकता : मन्त्री किराँती

    स्थानीयस्तरका रैथाने संस्कृति र खानेकुराको प्रचार गर्नु आजको आवश्यकता : मन्त्री किराँती

    काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले धर्म संस्कृतिको संवर्द्धन र प्रवर्द्धन गर्नुपर्ने बताएका छन्। शङ्खरापुर नगरपालिका–३ स्थित जहरसिंपौवामा बन्न लागेको विश्वशान्ति झ्याङछुप छ्योर्तेनको आज शिलान्यास गर्दै उनले यसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने जानकारी दिए।

    ‘स्थानीयस्तरका रैथाने संस्कृति र खानेकुराको प्रचार गर्नु आजको आवश्यकता हो। कुरा मात्र गर्ने र काम नगर्ने खालका परम्परा अन्त्य गर्नुपर्छ,’– मन्त्री किराँतीले भने।

    शङ्खरापुर नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठले पुराना कला संस्कृति र धार्मिक क्षेत्रलाई बचाउन आवश्यक रहेको बताईन्। कार्यक्रममा बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले विश्वशान्ति झ्याङछुप छ्योर्तेन निर्माण सम्पन्न भएपश्चात् काठमाडौँमा नयाँ पर्यटकीय क्षेत्र थपिने बताए।

    विश्वशान्ति झ्याङछुप छ्योर्तेनका अध्यक्ष बासु तामाङले बागमती प्रदेशबाट २५ लाख बजेट विनियोजना भएको जानकारी गराए। उनकाअनुसार निर्माण सम्पन्न गर्न करिब पाँच करोड लाग्ने अनुमान गरिएको छ। चैत्य निर्माण उपभोक्ता समितिद्वारा निर्माण गर्न लागेको सो झ्याङछुप छ्योर्तेन ७० फिट अग्लो हुने जनाइएको छ।