नेपालमा कोरोना संक्रमित संख्या बढ्दै, एकैदिन ९८ जनामा पुष्टि - Chaitanya News
  • 2026-11-09
  • 15:58:07
  • सोमबार,कार्तिक २४, २०८३
  • नेपालमा कोरोना संक्रमित संख्या बढ्दै, एकैदिन ९८ जनामा पुष्टि

    नेपालमा कोरोना संक्रमित संख्या बढ्दै, एकैदिन ९८ जनामा पुष्टि

    काठमाडौं– नेपालमा फेरि कोभिड १९ बाट संक्रमित हुनेको संख्या बढेको । बिहीबार एकैदिन ९८ जनामा संक्रमण पुष्टि भएको छ।

    १७६८ जनामा परीक्षण गर्दा ९८ जनामा कोभिड १९ पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा २८ जना डिस्चार्ज भएका छन् भने संक्रिय संक्रमितको संख्या ३२२ पुगेको छ।

    कोभिडका कारण एक जनाको पनि मृत्यु भएको छैन। पछिल्लो एक सातायता कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढेको छ। बुधबार ८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।