फुटबलको फिफा वरियतामा नेपालले एक स्थान सुधार - Chaitanya News
  • 2026-06-05
  • 18:12:30
  • शुक्रबार,जेठ २२, २०८३
  • फुटबलको फिफा वरियतामा नेपालले एक स्थान सुधार

    फुटबलको फिफा वरियतामा नेपालले एक स्थान सुधार

    काठमाडौँ– फुटबलको फिफा वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। फिफाले विहिबार जारी गरेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गर्दै १७४औं स्थानमा रहको छ। नेपाल यस अघि डिसेम्बरमा जारी वरियतामा १७५औँ स्थानमा रहेको थियो।

    त्यस्तै दक्षिण एशियाका देशहरुमा नेपालभन्दा अगाडी भारत १०१औँ स्थानमा छ भने माल्दिभ्स १५४औँ स्थानमा रहेका छन्।

    त्यस्तै भुटान १८५ र बंगलादेश १९२, पजिस्तान १९५ र श्रीलंका २०७औं स्थानमा रहेका छन्।

    त्यस्तै फिफाको नयाँ वरियतामा अर्जेन्टिना शिर्ष स्थानमा उक्लिएको छ। पछिल्लो ६ बर्षमा अर्जेन्टिना फिफा वरियतामा पहिलो पटक शिर्ष स्थानमा उक्लिएको हो।

    यस अघि दोस्रो स्थानमा रहेको अर्जेन्टिना विश्वकप जितेपछि खेलेका दुई मैत्रीपूर्ण खेल जितेपछि एक स्थान सुधार गर्दै शिर्ष स्थानमा उक्लिएको हो।

    त्यस्तै हालै मोरक्कोसंग पराजित भएको ब्राजिल भने पहिलो स्थानबाट तेस्रो स्थानमा पुगेको छ।

    त्यस्तै विश्वकपको उपविजेता रहेको फ्रान्स दोस्रो स्थानमा उक्लिएको छ। त्यस्तै बेल्जियम चौथो स्थानमा कायम रहेको छ भने इङल्याण्ड पाँचौं, नेदरल्याण्डस छैटौं, क्रोसिया सातौँ, इटाली आठौँ, पोर्चुगल नवौं र स्पेन दशौँ स्थानमा रहेको छ।

    अब फिफा वरियताको अर्को अपडेट जुलाई २० मा प्रकाशित हुने छ।